Mon Sep 26 2022
आर्थिक

शेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार रकम १ अर्बमा सिमित

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचकमा सामान्य सुधार भएको छ ।

आज नेप्से परिसूचक ६.६८ अंक बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ ।

आज कारोबारमा आएका २२७ कम्पनीको २८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ ।

जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक १.८५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ ।