Tue Sep 27 2022
मुख्य खबर

वैदेशिक रोजगारीमा भइरहेको ठगी नियन्त्रण गर्ने श्रममन्त्री कुवँरको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

आज मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको जानकारी दिनुभयो ।

ठगिको उजुरी र आएका गुनासोलाई सहजिकरण गर्ने भन्दै मन्त्री कुवँरले यसको जानकारी मन्त्रालयमा नआउँदा अनुगमनमा कठिनाइ भएको उल्लेख गर्नुभयो ।

मन्त्री कुवरले आज ४ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रमिकहरुले रोजगारीमा विदेश लैजान्छु भनेर महिनौदेखि अडकीएको र रोजगारीबाट स्वदेश फर्कन नदिएको लगायतका गुनासा गरे ।

श्रममन्त्री कुँवरले हेरक हप्ताको आईतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहनुभएको छ ।