Fri Oct 7 2022
मुख्य खबर

गणतन्त्र स्थापनाको नेतृत्व आफुले गरेको माधव नेपालको दाबी 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनु भएको हो ।

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उहाँले बताउनु भयो ।

अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने बताउनु भयो ।

अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौति दिनु भयो । तर चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उहाँको भनाई थियो ।

अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा राख्नुभयो ।