Sat Oct 1 2022
मुख्य खबर

निर्वाचनमा भाग नलिनेको तटस्थ सरकार बनाउन प्रेम सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताउनु भयो ।

सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरित रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताउनु भयो ।
उहाँले तटस्थ सरकार बनाउने पहल गर्न अनुरोध गर्नुभयो ।