Sat Oct 1 2022
अन्तर्राष्ट्रिय

बाइडेन देशकै शत्रु : डोनाल्ड ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनविरुद्ध व्यक्तिगत आलोचनामा उत्रिएका छन् ।

आफ्नो निजि निवासमा संघीय अनुसन्धान ब्यूरोले छापा मारेपछि पूर्वराष्ट्रपति ट्रम्पले बाइडेनलाई देशकै शत्रुको संज्ञा दिएर व्यक्तिगत आलोचनमा उत्रिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

संघीय अनुसन्धान ब्यूरोले गत अगस्ट ८ मा आफ्नो निवासमा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले बाइडेनलाई देशकै शत्रु संज्ञा दिदै अनुसन्धानलाई न्यायको धोखाधडी भनेका छन् । यसबाट कसैले कहिल््यै नदेखेको परिणाम ल्याउने चेतावनी पनि ट्रम्पले दिएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको यो भन्दा ज्वलन्त उदाहरण अरु हुन नसक्ने टिप्पणी गरे । बाइडेनले अमेरिकी जनताको भलो नगर्ने ट्रम्पको दाबी छ । केही दिनअघि राष्ट्रपति बाइडेनले ट्रम्पप्रति संकेत गर्दै रिपब्लिकनहरुबाट अमेरिकी प्रजातन्त्रलाई खतरामा परेको आरोप लगाएका थिए ।