Sat Oct 1 2022
मुख्य खबर

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि बाममोर्चा बनाउन नसक्नु ठूलो दूर्भाग्य : घनश्याम भुसाल

नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि नै बाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दूर्भाग्य भएको टिप्पणी गर्नु भएको छ ।

कम्युनिष्टहरुबीच मोर्चाबन्दी गरेर अघि नबढने हो भने आगामी ३/४ वर्ष भित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिष्टहरुले ठूलो मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ ।

नेता भुसालले अहिले देखा परेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरुभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराउनु भयो । मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने बामपन्थीहरुबीच एकता गरेर अघि बढनुपर्ने उहाँको भनाइ छ ।

नेता भुसालले संसद विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरु नमिल्ने हो भने झन गहिरिएर जाने बताउनु भयो ।