Mon Sep 26 2022
मुख्य खबर

चन्दद्वारा भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको बुधवार हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन ।
चन्दले आज पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन लागेको नयाँ निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका हुन । चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेका हुन ।

एक दशकदेखि संघको महासचिव पदमा काम गरेका चन्दले १४ वटा एजेण्डामा राष्ट्रिय खेललाई माथि उठाउने प्रतिवद्धता जनाएका छन ।