Thu Oct 6 2022
मुख्य खबर

देशमा सुशासन कायम नभए मुलुक श्रीलंका बन्छः वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गर्नुभएको छ ।

उहाँले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताउनु भयो । उहाँले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भुमिका रहने उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताउनु भयो । उहाँले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको बताउनु भयो । उहाँले व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने बताउनु भयो ।

उहाँले संघीयतालाई स्वीकारेपछि संघीयतासँग मेल खाने गरेर संगठन र संस्थाहरु सञ्चालित हुनुपर्ने बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले निजामति ऐनलाई चाँडै टुंगो लगाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।