Tue Sep 27 2022
मुख्य खबर

मन्त्रालयले नै निजामति सेवा ऐन रोकिरहेको मन्त्री श्रेष्ठको आरोप

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामति सेवा ऐन कानून मन्त्रालयमा गएर रोकिरहेको बताउनुभएको छ ।
आज नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले निजामति सेवा ऐन विधेयक अन्य सम्बन्धित मन्त्रालयमा पठाएको दुई महिना भइसकेको उल्लेख गर्नुभयो ।

बजेट भाषणमा आइसकेको विषय पनि अड्केको अड्कै भएको उल्लेख गर्दै उहाँले देशको कर्मचारीतन्त्रमाथि आरोप लगाउनु भयो ।

मन्त्री श्रेष्ठले अहिले प्रदेशमा गएका निजामति कर्मचारीहरुको समायोजनको समस्या आइरहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय सरकारबीचको अन्तरसम्बन्ध राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले संघीय कर्मचारीतन्त्र भित्रपनि एकाकार गरेर लैजाने प्रयास मन्त्रालयले गरिरहेको बताउनु भयो ।