Mon Sep 26 2022
मुख्य खबर

बर्तमान सरकारको आयु लम्बाउने विधेयक संसदमा लैजानु लाजमर्दाे : नेता ज्ञवाली

नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले निर्वाचन पछि पनि बर्तमान सरकारको आयु लम्बाउने विधेयक संसदमा लैजानु लाजमर्दाे विषय भएको बताउनु भएको छ ।
निर्वाचन घोषणा पछि काम चलाउ रुपमा रहेको सरकारले महत्वपुर्ण विधेयक अगाडी सार्नु संविधान विपरित काम गर्दै आएको नेता ज्ञवालीले बताउनु भयो । ज्ञवालीले चुनावलाई निष्पक्ष हुन नदिने चलखेल र गतिविधि सत्ता गठवन्धनबाट भएको आरोप लगाउनु भयो ।

नेता ज्ञवालीले एमालेसंग गठबन्धन विरुद्ध एक्लै चुनाव लड्ने तागत भए पनि ठाउँ ठाउँमा आवश्यकता अनुसार तालमेलको लागि ढोका खुला राखेको बताउनु भयो ।