Mon Sep 26 2022
मुख्य खबर

जेल जिवन बिताइरहेकाहरु पनि चुनाव लड्दै

अमृत ढकाल- आगामी निर्वाचनमा विभिन्न आरोपमा जेलमा रहेकाहरुलाई पनि उम्मेद्वार बन्न सिफासिर गरेपछि राजनीतिक दलहरु माथी गम्भीर प्रश्न उठेको छ ।

गम्भिर प्रकृतीको मुद्दामा कारागार भित्र रहेकाहरुलाई ठूला राजनीतिक दललेनै उम्मेद्वार सिफारिस गर्दा त्यसले निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठेको छ ।

जेल जिवन बिताइरहेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई नेपाली कांग्रेसले रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेद्वार सिफारिस गरेपछि यतीबेला कांग्रेस माथीनै गम्भिर प्रश्न उठेको छ ।

सामाजिक सञ्चाल लगाएत नागरिक समुहले कैद भुक्तानी गरिरहेकाहरुलाई निर्वाचनमा उम्मेद्वारी बनाउँन नहँुने भन्दै चर्को विरोध गरेका छन् ।

आलम बाहेके टिकापुर हत्याकाण्डमा अदालतबाट दोषि ठहरभएपछि जेलमा रहेका निलम्बीत सांसद रेशम चौधरी पनि कारागार भित्रैबाट निर्वाचन लड्ने तयारी गरिरहेको बताइएको छ ।

कैलालीमा राम्रो पकड बनाएका चौधरीले आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेद्वारी दिन खोजेको विश्वस्त स्रोतले जनाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टचारको मुद्दा खेपिरहेका कांग्रेस नेता विजयकुमार गच्छदारले पनि उम्मेद्वार हुने संकेत देखिएको छ । पार्टी भित्र लाखौं कार्यक्रता भएको दाबी गर्ने दलहरुले निर्वाचनमा भने नैतिक पतन तथा गम्भीर आरोप लागेकाहरुलाई नै अघि सार्नुले संविधानको खिल्ली उडाएको छ ।

नैतिक रुपमा पतन तर आर्थिक रुपमा सम्पन्न मानिएकाहरुले पार्टीलाई मोटो रकम दिएर टिकट दिन दबाब दिनेगरेको सबै सामू स्पष्ट भइसकेको छ ।

जनतालाई त्रासमा राख्न सफल उनीहरुलाई पार्टीले पनि मोटो रकम पाईने र निर्वाचन पनि जित्ने लोभमा सहजै टिकट दिने गर्छन । यद्यपी निर्वाचन आयोगले भने कानूनी रुपमा बदनाम भएकाहरुको उम्मेद्वारी खारेज गर्ने चेतावनी दिएको छ ।

अदालतले सफाई दिएको अवस्थामा उम्मेद्वार सिफारिस गर्नु एउटा कुरा हो । तर मुद्दा अदालतमा विचाराधीन रहेकै बेला यस्ता निर्णय गरिनुले सम्मानित अदालतको बदनाम गरेको कानून विदहरुको भनाइ छ ।

सत्ता र शक्तिका आडमा गम्भिर कसुरको आरोप लागेका व्यक्तिलाई निर्वाचनमा उम्मदेवार बनाउँदा त्यसले संविधान र लोकतन्त्रको खिल्ली उडाएको छ । निर्वाचनमा उम्मेद्वारको नाम सिफासिरस गरिनु मात्रैले पनि दलहरु माथी गम्भिर प्रश्न उठेको छ ।