Thu Oct 6 2022
मुख्य खबर

वीर अस्पतालमा पार्कीङको अभाव, सडक पार्कीङ बापत मनपरी शुल्क अशुली

अविशेक सुनार- देशकैै ज्येष्ठ अस्पताल वीर अस्पतालमा पार्कीङको सुविधा नहुँदा सडकमा नै पार्कीङको व्यवस्था गरिएको छ । अस्पतालमा आउने विरामी र कुरुवाले अस्पताल परिसरमा सवारी पार्कीङ स्थान नहुँदा प्रतिआधा घण्टाको २५ रुपैयाका दरले शुल्क तिरेर सडकमा पार्कीङ गर्छन् ।

देशकै ठूला अस्पताल परिसरमा पार्कीङको सुविधा नहुँदा व्यवस्था नगरिदा आम नागरिकले भने सास्ती खेप्नु परेको छ ।

 दैनिक १२ सय विरामीले सेवा लिने देशकै पुरानो वीर अस्पतालमा पार्कीङको चरम अभाव देखिएको छ । साँघुरो सडकका कारण दुईतर्फी सवारी आवागमनले सधैं जाम हुने यो सडकमा गरिने पार्कीङले हिड्डुल गर्न समेत समस्या हुने गरेको छ ।

कानुनले अस्पतालमा पार्किङ सुविधा उपलब्ध गराउन र सेवाग्राहीबाट शुल्क लिन वर्जित गरेपनि अस्पतालले मनलाग्दी ढंगले सवारी पार्किङ शुल्क असुलिरहेको सेवाग्राहीहरुको गुनासो छ ।

वीर अस्प्तालमा आउने सेवाग्राहीसँग निजि कम्पनीले पार्कीङ गरेबापत प्रतिआधा घण्टाको २५ रुपैयाँ असुलिरहेका छन् । आधा घण्टा बढी समय पार्कीङ गरे शुल्क थपिदै जाने पार्कीङ व्यवस्थापनमा खटिएका कर्मचारीको भनाइ छ । यसरी सरकारी सेवा लिन आउँदा समेत शुल्क तिरेर पार्कीङ गर्नुपर्ने समस्या अत्य हुनुपर्ने सेवाग्राहीको भनाई छ ।

स्वास्थ्य सेवा विभागले २०७४ मा बनाएको ‘स्वास्थ्य भवन पूर्वाधार डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका’ मा अस्पताल, स्वास्थ्य चौकी, जनस्वास्थ्य कार्यालय, मेडिकल स्टोर समेतले पार्किङको व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर, वीर अस्पतालले भने अस्पतालमा भएका १६ सय कर्मचारी र भर्ना भएका केही विरामी बाहेक अन्यलाई पार्कीङ स्थानको अभाव भएको बताएको छ ।

अस्पताल परिसरको सडक पार्कीङका लागि काठमाडौं महानगरपालिकाले निजि कम्पनीलाई ठेक्कामा लगाएको जानकारी हामीले पाएका थियौ । तर काठमाडौं महानगरपालिकाले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको गैरजिम्मेवार जवाफ दिएको छ ।