Tue Sep 27 2022
मुख्य खबर

कोटेश्वरमा रहेका अनधिकृत संरचना काठमाडौँ महानगरले हटायो

काठमाडौँ महानगरपालिकाले कोटेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । आइतबार सो क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर बनाएका संरचना डोजर लगाएर हटाएको हो ।

त्यस्तै महानगरले होडिङ बोर्डहरू समेत हटाएको छ । संरचना हटाउँदा विरोधलाई मध्यनजर गर्दै ठूलो संख्यामा महानगर र नेपाल प्रहरी परिचालन गरेको थियो ।

यसअघि दिएको सूचनालाई अटेर गरेपछि बाध्य भएर अनधिकृत संरचना हटाउनु परेको महानगरले जनाएको छ ।