Thu Oct 6 2022
मुख्य खबर

दाङमा बस दुर्घटना हुँदा १२ जना घाइते

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ४ख ५१३१ नम्बरको बस आइतबार अनियन्त्रित भई तुलसीपुर उपमहागनगरपालिका वडा नम्बर ७ हात्ती खौवामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।