Mon Sep 26 2022
मुख्य खबर

एकै परिवारका ३ जनाको हत्या आरोपी सार्वजनिक

उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।