Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

साउनमा ५ करोडको खानेपानी निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर पानी निर्यात भएको हो ।

यस अवधिमा नेपालबाट निर्यात भएको सबै पानी भारततर्फ गएको विभागले जनाएको छ । यस्तै, सोही अवधिमा नेपालबाट १५ लाख ५३ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंक समेत निर्यात भएको छ ।

नेपालबाट चालू वर्षको पहिलो महिनामा निर्यात भएको इनर्जी ड्रिंक समेत सम्पूर्ण भारततर्फ नै निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालबाट भारत, कतार र चीन तथा दक्षिण कोरियातर्फ खानेपानी निर्यात भएको थियो ।