Tue Sep 27 2022
अन्तर्राष्ट्रिय

यू-१७ पुरुष साफ आजबाट, दुई खेल हुँदै

काठमाडौं । साफ यू-१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता आज सोमबारबाट श्रीलंकामा सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुँदैछ ।

उद्घाटन खेलमा समूह ‘बी’ को भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै अर्को खेलमा समूह ‘ए’ बंगलादेश र श्रीलंका भिड्ने छन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ । समूह ‘ए’ मा बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेको छ ।

साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भुटानसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।