Sat Sep 24 2022
मुख्य खबर

सिंहदरबारले स्थानीय तहमा अधिकार दिन चाहेनः पूर्व मुख्यमन्त्री पौडेल

वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रदेश राजधानी हेटौँडामा आज भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उहाँले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताउनुभएको हो ।

संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गर्नुभयो । उहाँले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गर्नुभयो ।

उहाँले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गर्नुभयो । संघीयता आउने बित्तिकै दिल्लिका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उहाँले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारलै दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गर्नुभयो ।