Wed Sep 28 2022
मुख्य खबर

स्थानीय सरकारलाई अधिकार दिए मात्रै देशको प्रगति हुन्छ : राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले स्थानीय सरकारलाई संविधानले तोकिएको अधिकार दिए मात्र देशको प्रगति हुने बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिले आज हेटौँडामा गरेको ‘संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा उहाँले स्थानीय सरकारलाई जति अधिकार दियो त्यति देशको प्रगति हुने बताउनु भएको हो ।

उहाँले स्थानीय, प्रदेश र संघबीच अधिकारको सम्बन्धमा विवाद हुने गरेको भन्दै स्थानीय सरकारलाई संविधानले तोकेको अधिकार दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री श्रेष्ठले स्थानीय सरकारले जनतालाई प्रत्यक्ष अनुभुित हुनेगरी गर्न प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

राज्यमन्त्री श्रेष्ठले संघीयता प्रयोगकै चरणमा रहेको भन्दै धेरै कानूनहरुलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनु भयो । चुनावको घोषणा भइसकेकाले आगामी संसदले बाँकी रहेका कानूनहरु निर्माण गर्ने उहाँले बताउनु भयो ।