Sat Oct 1 2022
Uncategorized

बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं। काठमाडौं महानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन्। डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन गर्ने व्यक्तिहरु मार्फत संरचनाहरु भत्काउन थालेका हुन्।

भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली ,ट्रस बनाउन प्रयोग भएका फलाम, जस्ताजन्य सामग्रीहरु हटाउने काम भइरहेको महानगरले जनाएको छ।