Sat Oct 1 2022
देश

डडेलधुराबाट देउवासँग चुनाव लड्न एमालेमा बोहोरा सिफारिस

काठमाडौं। नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा छन्।

एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ। एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन्।