Sat Oct 1 2022
मुख्य खबर

गलत कुरालाई गलत भन्न मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष तिमिल्सिनाको चुनौती

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ ।

आज वागमती प्रदेशको हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले मुख्यमन्त्री पाण्डेलाई यस्तो चुनौती दिनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरु केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताउनु भयो ।

उहाँले अहिले संघीयता ठिक कि बेठिक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभइ संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको उहाँको भनाइ छ ।