Sat Oct 1 2022
मुख्य खबर

देश केही व्यक्तिहरुको चंगुलमा फँसेको राप्रपा अध्यक्ष लिंगदेनको दावी

राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश सिमित राजनितिक पार्टिका केही व्यक्तिहरुको चंगुलमा फँसेको टिप्पणी गर्नुभएको छ ।
आज बाँकेको नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले पछिल्लो समय नेपालको बारेमा निर्णय गर्ने अधिकार समेत विदेशीहरुको हातमा पुगेको भन्दै देश सिमित पार्टिका केही व्यक्तिहरुको चुङगलमा फसेको टिप्पणी गर्नुभएको हो ।

बर्तमान अवस्थामा नेपाली राजनीतिको विकल्प राप्रपा मात्र भएको लिङदेनको भनाइ छ ।

अध्यक्ष लिङ्देलनले आगामी निर्वाचनमा आधारभुत रुपमा गठबन्धन नगर्ने भनिएपनि आवश्यकता अनुसार कुनै दलसँग सहकार्य गरेर अगाडी बढ्न सकिने बताउनु भयो । अध्यक्ष लिङ्देनले सांसदको गरिमा जोगाउन संसद पदबाट राजिनामा दिएको स्पष्ट गर्नुभयो ।