Tue Sep 27 2022
देश

मौसम अपडेट : आज यी ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ ।

प्रदेश १, मधेस र वागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का थोरै स्थान र वागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश १ र वागमतीका केही ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने राति प्रदेश १, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।