Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

नाडाल युएस ओपनबाट बाहिरिए

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।

न्युयोर्कमा सोमबार राति भएको खेलमा अमेरिकाका फ्रान्सेस तियाफोईसँग पराजित हुँदै नाडाल बाहिरिएका हुन् ।

विश्व वरीयताको तेस्रो स्थानमा रहेका नाडाललाई फ्रान्सेसले ६-४,४-६,६-४ र ६-३ ले हराए । यससँगै २३ पटक ग्रान्डस्लाम जित्ने नाडालको अभियान समाप्त भएको छ ।

नाडाल २०२२ को ग्रान्डस्लाम प्रतियोगितामा पहिलो पटक पराजित भएका हुन् । कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले ४ पटक युएस ओपनको उपाधि जितेका छन् ।

३६ वर्षीय नाडालले पछिल्लो पटक २०१९ मा युएस ओपन जितेका थिए ।