Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

देउवाले दिए बेलायती प्रधानमन्त्री लिज ट्रसलाई बधाई

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रसलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । देउवाले भनेका छन्, ‘ नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि म बेलायत प्रधामन्त्री ट्रससँग सहकार्य गर्न तत्पर छु।’

लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी छिन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जोडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।