Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

अमेरिकी उपसहायकमन्त्री काठमाडौंमा

अमेरिकाकी उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् । अमेरिकी दूतावासले होर्स्ट नेपाल भ्रमणमा आएको जानकारी दिएको छ ।

होर्स्ट दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री हुन् । उनी मंगलबार काठमाडौं आइपुगेको दूतावासले जनाएको छ ।

उनको भ्रमण खासगरी जलवायु परिर्वतनको क्षेत्रको साझेदारीमा केन्द्रित हुने जनाइएको छ ।