Tue Sep 27 2022
मुख्य खबर

महानगरले विद्युतको रकम तिर्न बाँकी छैन : मेयर बालेन

काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् ।

महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल तिर्न बाँकी नरहेको र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएको बताएका छन् ।