Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

साफ यू-१७ : नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज बुधबार भुटानको सामना गर्दैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले आज भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको राति ८:१५ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

सोमबार भएको उद्घाटन खेलमा भुटानलाई भारतले ३-० गोल अन्तरले हराएको थियो ।

समूह ‘बी’ मा रहेको भारतले १ खेलमा ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ ।

यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।