Sat Sep 24 2022
देश

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

मंगलबार साँझ चट्याङ लागेर जिल्लाको राक्सिराङ गाउँपालिका- २ बरेटार की स्थानीय ६२ वर्षीया कालिमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बारीमा काम गरिरहेको अवस्थामा आएको चट्याङ लागेर स्याङतानको मृत्यु भएको प्रहरिको भनाइ छ ।