Wed Sep 28 2022
अन्तर्राष्ट्रिय

दीपेन्द्रको वरीयता यथावत, सन्दीप र कुशलको खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्र सिंह ऐरी आईसीसी टी-ट्वान्टीको अलराउण्डर वरीयतामा यथावत रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा यथावत रहेका हुन् ।

ब्याट्सम्यान कुशल भुर्तेल ब्याटिङ वरीयतामा १ स्थान तल झर्दै ५३ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै दीपेन्द्र १ स्थान तल झरेर ५८ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने दुई स्थान घटुवा हुँदै ६० औं स्थानमा झरेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा उक्लिएका छन् ।

बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा छन् ।