Sat Oct 1 2022
देश

पछिल्लो २४ घण्टामा थपिए २३० जना कोरोना संक्रमित,२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन् ।

सो समयावधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १६५२०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।