Fri Oct 7 2022
आर्थिक

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढ्दै ९३ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढ्दै ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।