Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

भारतद्वारा ड्रोनलाई ध्वस्त पार्ने मिसाइलको सफलतापूर्वक परीक्षण

रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र भारतीय सेनाले सतहबाट हावामा मार हान्न सक्ने क्विक रियाक्सन मिसाइलको सबै ६ परीक्षण सफलतापूर्वक पुरा गरेको छ ।

डीआरडीओले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट गरेको एक ट्वीटमा ओडिशाको चाँदीपुर स्थित इन्टिग्रेटेड टेस्ट रेञ्जबाट बिहीबार गरिएको ताजा परीक्षण भारतीय सेनाको मूल्यांकन अभ्यासको हिस्सा भएको बताएको छ । मिसाइलले यस दौरान आफ्नो लक्ष्यलाई सटिक निशाना बनाएको थियो ।

यस मिसाइललाई ड्रोनजस्ता पाइलटरहित यानलाई ध्वस्त पार्न बनाइएको हो । यसलाई विकास गर्न डीआरडीओका कयौँ प्रयोगशालाको योगदान रहेको छ ।

क्विक रियाक्सन मिसाइलमा प्रयोग गरिएका सबै उपकरण भारतमा नै तयारी गरिएको थियो । यसमा हिँडिरहेको लक्ष्यलाई पत्ता लगाएर त्यसलाई ट्रयाक गर्न सक्ने क्षमता रहेको छ ।