Thu Oct 6 2022
आर्थिक

सुनको मुल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।