Mon Sep 26 2022
मुख्य खबर

बारामा टाटा सुमेले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

बारा– बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ मा हिजो टाटा सुमोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर-१६ पिलुवा घर भइ हुलास जस्ता उद्योगमा सुरक्षा गार्डको काम गर्ने ४० वर्षीय दीपक मैनाली रहेका छन् ।

काठमाडौंबाट कलैयया जाँदै गरेको ना १ ज ८८०६ नम्बरको टाटा सुमोले हिजो बेलुकी पौने ९ बजे उनलाई ठक्कर दिएको थियो ।

घाइते उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र सुमो चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।