Thu Oct 6 2022
मुख्य खबर

लागुऔषध र हतियारसहित एक युवक पक्राउ

काठमाडौं – सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ।

भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर(२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्यावलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एकरएक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।