Sat Oct 1 2022
मुख्य खबर

लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा शुक्रबार उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको जगमा रहेर पूर्वाधार विस्तार, उत्पादन र सेवा प्रवाहमा जोड दिन मार्गदर्शन गरेको उल्लेख गरे ।

मन्त्री कार्कीले भने, ‘आवधिक योजनाले आँकलन गरेअनुसार पनि नेपालको कूल लगानीको करिब ६० प्रतिशत निजी क्षेत्रबाट नै हुनेछ । तसर्थ पूर्वाधार विस्तार र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणको दक्षतापूर्ण उपयोग गर्न तयार छ ।’