Wed Sep 28 2022
मुख्य खबर

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

कैलालीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २६ वर्षीय हरिश कार्की रहेका छन् । उनको साथबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सो पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस्तै उता मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित एकनम्बर ढाटबाट पनि ४ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने ३१ वर्षीय रणबिर बज्राचार्य रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सो लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।