Sat Oct 1 2022
मनोरञ्जन

इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने तेस्रो व्यक्ति बनिन् काइली

काठमाडौं ।युवा व्यवसायी तथा रियालिटी टिभि स्टार काइली जेनरले सामाजिक सञ्जालमा नयाँ प्रवीणता हासिल गरेकी छिन् । काइली जेनर इन्स्टाग्राममा ३० करोड फलोअर्सको संख्या पार गर्ने पहिलो महिला बनेकी छिन् । इन्स्टाग्राममा ३० करोड मानिसले काइली जेनरलाई फलो गरिरहेका छन् । योसँगै काइली जेनर इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने तेस्रो व्यक्ति बनेकी छिन् ।

पहिलो नम्बर आधिकारिक इन्स्टाग्राम खाता हो। यसको फलोअर्स द्धटण् मिलियन छन्। योसँगै पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो ३८९ मिलियन फलोअर्सका साथ दोस्रो नम्बरमा छन् । काइली जेनरपछि फुटबलर लियोनेल मेस्सी र अभिनेता ड्वेन द रक जोन्सन ९२८९ मिलियन फलोअर्स० छन्। काइली जेनर पछि सबैभन्दा धेरै फलो गर्ने महिला पप गायिका एरियाना ग्रान्डे हुन्।

काइली जेनर इन्स्टाग्राममा निकै सक्रिय छिन् । यस प्लेटफर्म मार्फत, उनले आफ्नो कस्मेटिक व्यवसाय, काइली कस्मेटिक्सको प्रचार पनि गर्छिन्। तर, लामो समयदेखि काइली जेनर सामाजिक सञ्जालमा लो प्रोफाइल राख्दै आएकी छिन् ।