Sat Oct 1 2022
मुख्य खबर

शनिबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ — शनिबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले एक सूचना टाँसेर शनिबार १ गतेका लागि आह्वान गरिएको बैठक विशेष कारणले स्थगित गरिएको जनाएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा अर्को बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेगरी समय तोकेका छन् ।