Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

जर्मन विदेशमन्त्री एनालेना अकस्मात युक्रेन पुगिन्

एजेन्सी । जर्मन विदेश मन्त्री एनालेना बेरबक शनिबार आकस्मिकरूपमा कीभ आइपुगेकी छिन् । सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको अटल समर्थन प्रदर्शन गर्नु रहेको बताइएको छ ।

“उनीहरू हामीमाथि भर पर्न सक्छन् भनेर देखाउन म आज कीभको यात्रामा निस्केकी छु। हामी हतियारको डेलिभरी, मानवीय र आर्थिक सहयोगका साथ आवश्यक भएसम्म युक्रेनको साथमा उभिनेछौं,” मन्त्रीले थपिन् ।