Fri Oct 7 2022
मुख्य खबर

गण्डकीको समृद्धिका लागि फेरि मुख्यमन्त्री बन्छु : पृथ्वीसुब्बा गुरुङ

गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्ने बताएका छन्।

शान्तिटोल तमु आमा तथा बाबा समूह बेसीशहर ७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने योजना सुनाए।

अर्को एक प्रसंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको नेपालको संविधान २०७२ युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी पनि गरे।

‘संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन’, उनले भने। संघीयताका कारण गाउँ गाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए। नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकास प्रेमी नेतालाई जिताउन आग्रह गरे।