Sat Sep 24 2022
मुख्य खबर

चुच्चे नक्सा बनाएका कारण केपी ओलीको सरकार ढालियो स् कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई हराउन विदेशीहरू लागेको बताएका छन् ।

राप्रपा नेपालले शनिबार हेटौँडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको ठोकुवा गरे ।

कार्यकर्ता भेलामा थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गरे ।

आफू केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्र सङ्घको बैठकमा नाकाबन्दी विरुद्ध कडा रूपमा उभिएको कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको थापाले आरोप समेत लगाए ।