Tue Sep 27 2022
मुख्य खबर

अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताए ।

एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले गठबन्धन एमालेको विरोध गर्न मात्रै भएको र यसको कुनै सिद्धान्त र गन्तव्य नै नभएको बताएका हुन् ।

उनले आगामी निर्वाचनमा गठबन्धनको सबै षडयन्त्रलाई चिर्दै एमालेले बहुमत ल्याउने दाबी पनि गरे । अहिलेको तथ्यले प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याउने देखिएको उनको भनाई छ ।

त्यस्तै पोखरेलले अहिले आवश्यकता अनुसार केही स्थानमा कहिए दलहरूसंग चुनावी तालमेल हुन सक्ने तर गठबन्धन नै बनाएर अघि नबढ्ने धारणा राखे । पोखरेलले नेपालको स्वाभिमानमाथि कसैले गलत नजर लगाउन नसक्ने कुरा एमालेले नै स्थापित गरेको जिकिर गरे ।

पोखरेलले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेद्वार चयन लगाएका विषयमा देखिएको कमीकमजोरीलाई यसपटक एमालेले सुधार गरेर लैजाने धारणा राखे ।