Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

न्युजिल्याण्डमा ११ जना सवार डुंगा ह्वेल माछासँग ठोक्किएर पल्टियो

वेलिङ्टन । न्युजिल्याण्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किँदा ११ जना सवार माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।

प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन् । अन्य ६ जनाको भने उद्धार गरिएको छ । उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन् ।

काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।