Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

एसिया कप : उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

सुपर चारमा अपराजित रहँदै श्रीलंका फाइनल पुगेको हो । सुपर चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।

श्रीलंका शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेको छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

श्रीलंका पाँच पटकको च्याम्पियन हो । यसपटक श्रीलंका छैटौं पटक उपाधि जित्ने योजनामा रहेको छ ।

पाकिस्तानले दुई पटक एसिया कप जितेको छ । पाकिस्तान तेस्रो पटक उपाधि उचाल्न चाहन्छ ।

श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी-ट्वान्टी अन्तराष्ट्रियमा चार खेल श्रीलंकाले तथा एक खेल पाकिस्तानले जितेको छ ।

प्रतियोगितामा भारत,पाकिस्तान,अफगानिस्तान,बंगलादेश,श्रीलंका तथा हङकङको सहभागीता थियो ।