Fri Oct 7 2022
मुख्य खबर

सन्दिप लामिछाने कालोसूचीमा

काठमाडौं–अध्यागमन विभागले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दिपलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सन्दिप जतिबेला पनि नेपाल आउनसक्ने भन्दै प्रहरीलाई एलर्ट राखेको छ । जिल्ला अदालतले गत बिहीबार उनलाई पक्राउ पर्न अनुमति दिएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । प्रहरीले सन्दिप हवाई वा स्थल जुनसुकै मार्गबाट आउन सक्ने भएकाले देशैभरका प्रहरीलाई पत्राचार गरेको छ । सन्दिप हाल वेस्ट इण्डिजमा छन् ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।