Mon Sep 26 2022
आर्थिक

श्रीजनशील लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । श्रीजनशील लघुवित्तको आईपीओ बाँडफाँट भएको छ।

यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन्।

यो आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।