Fri Oct 7 2022
आर्थिक

सुनको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–केही दिनयता लगातार जसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।